![]() |
श्रावण २८, २०७३- कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले स्थानीय निकायको पुनर्संरचनाबारे पार्टीका जिल्ला सभापतिहरुसँग सुझाव लिएका छन् ।
कोइरालाले शुक्रबार आफ्नै निवासमा राजधानीमा उपलव्ध जिल्ला सभापतिहरुलाई बोलाएर प्रस्तावित स्थानीय निकायको पुनर्संरचनाबारे सुझाव लिएका हुन । कोइरालाले बोलाएको अनौपचारिक भेलामा २३ जिल्लाका सभापति र स्थानीय निकाय पुनर्संरचनाका लागि गठित सरकारी आयोगका सदस्य श्याम भूर्तेल पनि सहभागी थिए । त्यसक्रममा अधिकांश जिल्ला सभापतिहरुले आयोगले प्रस्ताव गरेको ५ सय ६५ संख्याको स्थानीय निकायको संरचना अव्यहारिक रहेकाले त्यसलाई परिवर्तन गर्नुपर्ने सुझाव आएको कोइरालाले बताए ।
भेलाले आयोगलाई साउन मसान्त सम्म रिपोर्ट बुझाउन दिएको समयसीमा थप एक महिना बढाउने र पार्टीले पुनर्संरचना सम्वन्धी औपचारिक दृष्टिकोण बनाउनु पर्ने निष्कर्ष निकालेको थियो । औपचारिक दृष्टिकोण बनाउनु अघि पार्टी केन्द्रीय कार्यसमितिले जिल्ला सभापतिसहित स्थानीय निकायमा काम गरीरहेका विज्ञ र सरोकारवालाहरुको भेला बोलाएर सुझाव लिनुपर्नेमा जोड दिएको थियो ।
![]() |

0 comments:
Post a Comment