युएइमा नयाँ शक्तिको अभियानले तिब्रता लिदै

अगस्त १४, अबुधावी l रोजगारीका लागि युएइ आइपुगेका नयाँ शक्ति पार्टी अभियानमा क्रियाशील!नेपाली अभियन्ताहरुले राजधानी अबुधावीमा बृहत भेला आयोजनागरि अभियानलाइ तिब्रता दिएका छन् l
दुबई,सारजाह लगायत अबुधावीबाट ठुलो संख्यामा उपस्थित अभियन्ताहरुलाइ बिशेष अतिथि नेपाली समाज
युएइका अध्यक्ष चन्द्रप्रसाद सापकोटाले सकारात्मक सोचबाट देशलाइ समृद्धि बनाउने अभियानमा लागेका
अभियन्ताहरुलाइ सफलताको सुभकामना दिएका थिए lनयाँ शक्ति नेपाल, अबुधावी क्षेत्रिय समिति उप-संयोजक शंकर बरालले राज्यबाट आदिवासी,जनजाती र
दलितहरुलाइ केवल भोट बैककोरुपमा मात्र प्रयोग गरिएको,देशको कुल ग्राहस्थ उत्पादन क्रमिकरुपमा घट्दै गएर
सन् २०१५ सम्ममा जिरो दशमलव सतहत्तर प्रतिशत पुगेको कहाली लाग्दो अबस्थाको तथ्य प्रस्तुत गरेका थिए l
देश र जनताको लागि आफ्नो शरीर बलि चढाएका अमर शहिदप्रति मौनधारणगरि सुरुवात गरिएको कार्यक्रमलाइ
प्रमुख अतिथि नयाँ शक्ति नेपाल युएइका संयोजक उत्तम अधिकारीले बिशेष सम्बोधन गरेका थिए lयसैगरि कार्यक्रममा क्षेत्रिय उप-संयोजक जनक श्रेष्ठले पद र पैसाको पछिनलागी देश र जनताको हितमा कामगरी
जबसम्म जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको व्यवस्था नभएसम्म नयाँ शक्तिले निर्वाचनमा
भागलिन सावधानी अपनाउनुपर्ने सुझाब दिए l
दुबई केन्द्रमा तथा प्रदेश प्रादेशिक बिभागमा क्रियासिल अभियन्ताहरु:- सुरेश ढकाल,प्रतिक्षा कार्की,सरोज
खड्का,रेणु ढकाल,शंकर सुनार,राजन श्रेष्ठ,मुन्ना सामसुल हक,दामोदर गिरि,ध्रुब भट्ट,हिरा बि.क
अतिथिकोरुपमा सहभागी भएका थिए l
खाडीको गर्मि नभनी देशमा शान्ति सुब्यस्था, आर्थिक विकास,स्थिर राज्यप्रणाली ब्यबस्थागर्ने अभियानमा
लागिपरेका अभियन्ताहरुलाई दुबई केन्द्रिय सदस्य ज्ञानेन्द्र अमगाईले सन्देशमुलक कविता र सांस्कृतिक
विभागका सुर्य मुखियाले गीतबाट कार्यक्रममा रोचकता थपेका थिए l
उपस्थित सम्पूर्ण सहभागी अभियन्ताहरुलाई स्वागत मन्तब्यदारा सांस्कृतिक बिभागका गंगाराम सापकोटा र सो
कार्यक्रमका सभापति तथा क्षेत्रिय प्रबक्ता देवेन्द्र बास्तोलाले कार्यक्रम समापन गरेका थिए l
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment