Home /
Uncategories /
राजनीतिक स्थिरता कायम नभए देशमा राजनीतिक र संवैधानिक संकट आउने प्रधानमन्त्री दाहालको निष्कर्ष
राजनीतिक स्थिरता कायम नभए देशमा राजनीतिक र संवैधानिक संकट आउने प्रधानमन्त्री दाहालको निष्कर्ष
प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक स्थिरता कायम नभए देशमा राजनीतिक र संवैधानिक संकट आउने कुरामा सबैको ध्यान जानुपर्ने बताउनुभएको छ । उहाँले संविधान कार्यान्वयनका लागि ऐन कानुनको व्यवस्था गरेर निर्वाचनमा जान सबै असन्तुष्ट समुहलाई समेट्न आवश्यक भएको बताउनु भयो ।बिहीबार राष्ट्रिय सतर्कता केन्द्र स्थापनाको १४ औं स्थापना एवं वार्षिक प्रतिवेदन हस्तान्तरण समारोहमा प्रधानमन्त्री दाहालले संविधानको परिमार्जनसहित कार्यान्वयन, शान्ति प्रक्रियाको पूर्णता, भूकम्पको पूनर्निर्माण र नवनिर्माण, प्रभावकारी जनसेवा सहितको सुशासन र आर्थिक समृद्धि सरकारका मूख्य प्राथमिकता भएको बताउनुभयो । उहाँले राजनीतिक स्थिरता कायम नभए सबै असन्तुष्टिलाई सम्बोधन गरेर राष्ट्रिय एकता बलियो बनाउने जिम्मेवारी भएकोले यस विषयमा सरकार अघि बढ्ने जिकिर गर्नुभयो ।कार्यक्रममा दाहालले यस पटकको कार्याकाल निकै जोखिमपूर्ण भएको भन्दै यसमा राज्यका संरचनाबाट नागरिकले लाभ लिने गरी काम गर्न जरुरी रहेको भन्दै राष्ट्रिय सतर्कता केन्द«लाई ध्यान दिन निर्देशन समेत दिनुभएको थियो ।
About
butwaladvertisement
0 comments:
Post a Comment