बाढी पहिरो वाट विस्थापित भएको तीन साता पछि सरकारी राहत वितरण गर्न शुरु

मोरङका बाढी पीडितहरुलाई सरकारले दिने भनिएको राहत रकम विस्थापित भएको तीन साता पछि वितरण गर्न शुरु गरिएको छ ।
बाढीले पूर्ण क्षति भएको घरलाई सरकारले ५ हजार नगद राहत रकम दिने भनिएकोमा केन्द्रीय दैवीप्रकोप उद्धार समितिले प्रति परिवार १० हजार नगद र ५० किलो चामल उपलब्ध गराएपछि मोरङको डायनियाबाट राहत रकम वितरण शुरु गरिएको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी तोयम रायले डायनियामा आयोजित एक कार्यक्रम बीच २६ परिवारलाई राहत रकम वितरण गर्नुभयो ।
तीन साता अघि मोरङको बक्राहा खोलामा आएको बाढीले बाँध भत्काउदा १ सय ६७ परिवारको घर पूर्णरुपमा क्षति भएको थियो भने २ सय ८० परिवारको घर आंशिक क्षति भएको दैवीप्रकोप उद्धार समिति मोरङले जनाएको छ । बाढीका कारण गोविन्दपुरका ६४ घर, हसन्दहको १८ घर, अमरदहको २४ घर र रंगेलीको १४ घर पूर्ण रुपमा क्षति भएको थियो । मधुमल्लाको विवरण अझै सम्म आईनसकेकोले राहत वितरण गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी तोयम रायले जानकारी दिनुभयो ।
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment