वैदेशिक रोजगार ठगीमा सात पक्राउ

विभिन्न देशमा आकर्षक वैदेशिक रोजगारीमा पठाइदिने भन्दै अवैध एवम् गैरकानुनीरुपमा अन्तरवार्ता लिई ठूलो परिमाणमा पैसा असुली गर्ने गरेको भन्ने सूचनाका आधारमा विभिन्न स्थानका सातजनालाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ ।इप्रका इटहरीका अनुसार वैदेशिक रोजगारका लागि आकर्षक तलब सुविधा पाइने प्रलोभन देखाएर सर्वसाधारणलाई अन्तरवार्ता लिने कार्य गर्ने गरेको भन्ने खबर पाएको प्रहरीले २५ थान पासपोर्ट र अन्य कागजातसहित ती ठगी धन्दामा संलग्न भएकालाई हिजो र आज पक्राउ गरेको प्रहरी नायब उपरीक्षक ओमप्रसाद अधिकारीले बताउनुभएको छ ।
पक्राउपर्नेमा इटहरी–१६ का चन्द्रेश्वर चौधरी, सुन्दरदुलारी–७ का पुरण चौधरी, श्रीलङ्काली नागरिक अमिला अलाकोन, इटहरी–१९ का गङ्गाबहादुर निरौला र केशव गिरी, भरौल–५ का रमेश विष्ट र मोरङ इटहराका शिवप्रसाद आचार्य रहेका छन् ।
उनीहरुलाई वैदेशिक रोजगार विभागमा कारबाहीका लागि चलान गरिएको छ । उनीहरुले वैदेशिक रोजगारका लागि कार्यालय समेत नखोलेको र बोर्ड नलगाएको अवस्थामा फेला परेको बताइएको छ ।
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment