अख्तियारको आदेशमा नाम चलेको होटल भत्काइयो

श्रावण २९, २०७३- पृथ्वीराजमार्गको बेनीघाटस्थित एउटा होटल भत्काउन अख्तियारले नै ताकेता गरेपछि शनिबार डोजर लगाई भत्काइएको छ ।
बेनीघाट–९, सलाङ्गघाट स्थित होटल कृपान्जली भत्काउन अख्तियारले गत वर्षको असोज १२ गते ताकेता पत्र पठाई उक्त होटल सार्वजनिक स्थल र राष्ट्रिय वन अतिक्रमण गरि निर्माण गरिएकोले भत्काएर अविलम्व जानकारी दिन जिल्ला वन कार्यालय लाई आदेशात्मक पत्राचार गरेको थियो ।
पृथ्वीराजाजमार्गको धादिङ खण्डस्थित उक्त होटलमा लामो तथा छोटो दुरीका ५० वटा माइक्रो बसका यात्रु दैनिक खाना तथा नास्ता खान रोकिन्थे । सरकारी जंगल मिचेर पक्की घर निर्माण गरि कृष्ण सिलवालले होटल सञ्चालन गरेको भन्दै सचेत नागरिकको नाम राखेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २०७० माघ २१  उजुरी दर्ता गरिएको थियो ।
जिल्ला वन कार्यालय धादिङले मातहतका ईलाका वन कार्यालयलाई छानविन गरि राय पेश गर्न २०७२ असार ९ गते गजुरीस्थित सेक्टर वन कार्यालयलाई पत्राचार गरे पछि गजुरीस्थित कार्यालयले स्थानीय वीरबहादुरले खनजोत गरि चर्चेको जग्गालाई घरायसी कागजमा खरिद गरिएको प्रकृयानै अवैध भएको भन्दै राय पेश गरेको थियो ।
होटल कृपाज्जली भत्काउने क्रममा स्थानीयवासीले रोक्न भरमग्दुर प्रयास गरेका थिए । स्थानीय कांग्रेसका नेता गोपाल सिलवाल डोजरको वकेटमै चढे पनि प्रहरीले तानेको थियो । होटलका सरसामान तथा निजी सरसामान झिक्न एक हप्ताको समय दिन आग्रह गर्दा समेत सरकारी टोलीले मानेको थिएन ।

SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment