![]() |
श्रावण ३०, २०७३- सर्वोच्च अदालतले दक्षिणकाली–चोभार सडक विस्तार कार्य तत्कालका लागि रोक्न अन्तरकालिन आदेश जारी गरेको छ ।
न्यायाधीश दीपकराज जोशीको एकल इजलाशले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, सडक विभाग लगायत ८ निकायलाई लिखित जवाफसहित उपस्थित हुन पनि आदेश दिएको सर्वोच्चका सहायक प्रवक्ता विश्वराज पौडेलले बताए ।
गैरकानूनीरुपमा सडक विस्तार गरिएको र त्यसक्रममा आफ्नो सम्पत्तिमाथि अतिक्रमण भएको दावी सहित पम्फादेवी बस्नेत सहितका ३४ जनाले सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।
त्यसमाथिको सुनुवाईपछि सर्वोच्चले आईतवार ८ विपक्षीको नाममा आदेश जारी गरेको हो
त्यसमाथिको सुनुवाईपछि सर्वोच्चले आईतवार ८ विपक्षीको नाममा आदेश जारी गरेको हो
![]() |

0 comments:
Post a Comment