![]() |
श्रावण २८, २०७३- नेपाल-चीन सिमानाको कोरला नाका किनमेलका लागि पुन: १५ दिनका लागि खुल्ला गरिएको छ । बुधबारदेखि खुल्ला गरिएको नाकामा किनमेलका लागि चहलपहल बढेको छ । यस अघि असार १ देखि १६ दिनसम्म नाका खुल्ला गरिएको हो ।
स्थानीय ब्यापारीको मागलाई ध्यानमा राखेर पुन: नाका खुल्ला गरिएको दुबै देशका अधिकारीले जानकारी दिएका छन् । कोरला नाका उपल्लो मुस्ताङको उत्तर तर्फको सिमाना हो । असोजबाटै कोरलामा हिउँ पर्ने भएकोले स्थानीयलाई हिउंदयामका लागि सामानको जोहो गर्न साउनमै नाका खुल्ला गरिएको छ । यस अघि दुबै देशका स्थानीय अधिकारीले भदौ ४ देखि नाका खुल्ने निर्णय गरेका थिए । तर, मौसम अनुकुल भएकोले भदौ नलाग्दै नाका खुल्ला गरिएको अधिकारीहरुले जनाएका छन् । नाका खुल्ला भएपछि किनमेल गर्न मुस्ताङबासी कोरला पुगेको लोमान्थाङका गाबिस सचिब घ्युर्मि वाङ्ग्याल बिष्टले जानकारी दिए ।

जेठमा केपी ओली सरकारका उद्योगमन्त्री लोमान्थाङ आउँदा कोरला नाकालाई बर्षभरि खुलाउन नेपालको तर्फबाट पहल भएको जानकारी गराएका थिए । सोहि अनुरुप प्रमुख जिल्ला अधिकारी गणेश अधिकारीले सिमानामा बोर्डर आउट पोष्ट (बीओपी) सशस्त्र सिमा सुरक्षा बल राख्न गृहमन्त्रालयलाई पत्राचार गरे । मन्त्रालयले कोरला नाकामा बिओपी राख्न भौतिक संरचना निर्माणका लागि तयारी थालेको छ । चीनको तर्फबाट सिमानामा सुरक्षा अबस्था मजबुत भएमा दिर्घकालिन रुपमै नाका खुलाउन सकिने जानकारी गराएकोले बिओपी राख्न असारमा तत्कालिन रक्षामन्त्री भीम रावल सहितको टोली लोमान्थाङ आएको थियो । यहाँका स्थानीयबासीले कोरला नाका बर्षभरि नै खोल्नुपर्ने माग राख्दै आएका छन् ।
![]() |

0 comments:
Post a Comment