![]() |
पहिलो पटक प्रधानमन्त्री बनेका बेला जनआकांक्षा अनुसार काम गर्न पाइन भनेर स्विाकारेका बर्तमान प्रधानमन्त्री प्रचण्डले दोस्रो कार्यकालमा भने राम्रो क्षनक देखाएका छन् ।
मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्ने, अपराधीलाई कारबाही गर्ने, कालाबजारीलाई तह लगाउने, छिमेकी मुलुक सँगको सम्बन्धमा नव सुधार ल्याउने, मानवअधिकार बिरुद्ध कामगर्नेलाई आम माफी नदिने जस्ता बाचा गरेका प्रधानमन्त्री प्रचण्डलाई सरकारका महान्याधिवक्ताले समेत सहयोग गर्न थालिसकेका छन् ।
नवनियुक्त महान्याधिवक्ता रमनकुमार श्रेष्ठ बिहान आठै बजे कार्यालय आउन थालेका छन् । महान्याधिवक्ता कार्यालय र मातहतका सरकारी वकिलको सेवा छिटोछरितो, प्रभावकारी र चुस्त पार्न आफैबाट परिवर्तन ल्याउन उक्त निर्णय लिएको श्रेष्ठले बताए ।
उनले चारजना नायब महान्याधिवक्तासहित अन्य सरकारी वकिल र कर्मचारीलाई नौ बजेभित्रै कार्यालयमा हाजिर हुन निर्देशन समेत दिएका छन् । "फौजदारी न्याय प्रणालीको महत्वपूर्ण जिम्मेवारीमा रहेका सरकारी वकिलको सेवाप्रवाह सशक्त र प्रभावकारी ढंगले अघि बढाउनुपर्ने आवश्यकता छ," श्रेष्ठले भने ।
![]() |

0 comments:
Post a Comment