क्यास्ट्रोको ९०औँ जन्मदिनको अवसरमा ९० मिटर लामो सिगार बनाई मनाए

क्युबाका लोकप्रिय क्रान्तिकारी नेता तथा पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोले आफ्नो ९०औँ वार्षिक जन्मोत्सव मनाएका छन्  जन्मोत्सवका दिन लाखौँ क्युवावासी तथा विदेशबाट समेत उनलाई चिरायु र शुभकामनाको ओइरो लागेको छ ।त्यस्तै क्युवाली जनताले पनि उल्लासका साथ सांस्कृतिक र मनोरन्जनात्मक गतिविधि आयोजना गरी देशैभरी उनको जन्मदिन मनाउँदैछन् ।पूर्वराष्ट्रपति क्यास्ट्रोलाई सिगार ९चुरोट० मन पर्ने हुँदा एकजना सिगार उत्पादकले ९० मिटर लामो विश्वको सबभन्दा ठूलो सिगार बनाई उनलाई भेट गरेर सम्मानसमेत अर्पण गरेका छन् ।क्युवाली सरकारी सञ्चार माध्यममा ‘द बर्थ डे’ शीर्षकमा आज पूर्वराष्ट्रपति क्यास्ट्रोको एउटा आत्मपरक रचना प्रकाशित भएको छ । उक्त लेखमा क्यास्ट्रोेले पूर्वी क्युबामा जन्म भई आफ्नो वाल्यकालमा बिताएका रमाइला दिन, किशोराअवस्थामा गरेका पढाइ र युवावस्थामा प्रवेश गरेपछि क्रान्तिको नेतृत्व सुरु गरेको, आफ्नो पिताको मृत्यु भएको इत्यादि सबै स्मरण गरी सबिस्तार वर्णन गरेका छन् ।
साथै, सन् १९५९ मा तत्कालिन अमेरिकी अधिनायकवादी तानाशाह फल्गेन्सियो बाटिस्टाको सरकारलाई अपदस्थ गर्नमा कसरी भूमिका खेलिएको थियो सो पनि उक्त लेखमा सबिस्तार उल्लेख गरेका छन् ।‘विश्वका दुई ठूला शक्तिराष्ट्र ः रुस तथा चीनले गरेका सामरिक शक्ति सञ्चय र आणविक प्रगतिलाई कसैले रोक्न र छेक्न सक्दैन । क्युवा उपर अमेरिकी राष्ट्रपतिले गाडेको गिद्धे नजर मैले करिव आधा शताब्दिसम्म प्रतिरोध गर्दै आएको थिएँ’ उक्त लेखमा भनिएको छ ।
क्युवाका गुप्तचर एजेन्सी संस्थाका अनुसार यी क्रान्तिकारी र कट्टर अमेरिका विरोधी नेता क्युवाली क्रान्ति पश्चात् सन् १९५९ मा सत्तामा आएपछि सन् २००८ मा अवकाश नलिउन्जेलसम्म दुस्मनले यिनका विरुद्ध विभिन्न थरी र कुनैकुनै त ज्यानै लिनेसम्मका छ सयभन्दा बढी षड्यन्त्रहरु रचेका थिए ।
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment