Home /
Uncategories /
कृषि बिकास कार्यालयले कृषकहरुलाई बिरुवा बितरण
कृषि बिकास कार्यालयले कृषकहरुलाई बिरुवा बितरण
जिल्ला कृषि बिकास कार्यालय मुगुले कृषकहरुलाई बिरुवा बितरण गरेको छ । आर्थिक वर्ष २०७३÷७४ को वार्षिक कार्यक्रम अन्तरगत मुगुका कृषकहरुलाई कागतीको विरुवा बितरण गरिएको हो ।मुगुमा कागति खेतीको सम्भावना भएको हुदा कोटडाडा, सुकाढीक, श्रीनगर, कार्कीबाडा, रारा, जिमा, नार्थपु, भिई गाबिसहरुमा रहेका कृषकहरुको लागी लक्ष्यसहित कागतीका बिरुवा बितरण गरेको कृषि बिकास कार्यालय मुगु बताएको छ । कार्यालयका अनुसार समुन्द्र सतहको १८ सयदेखि २२ सय सम्मको उचाइमा कागतीको फल लाग्ने गर्दछ । मुगुमा ब्याबसायिक हिसाबले कागती उत्पादन सुरु गर्न कृषि बिकास कार्यालय मुगुले दैलेखबाट कागतीका बिरुवाहरु ल्याएर अनुदानमा बितरण गरेको बागवानी शाखाका प्राबिधिक सहायक तेजबिक्रम मल्लले बताउनुभयो । गर्त बष ६ हजार ५ सय कागतीका बिरुबा बितरण गरेको थियो ।
About
butwaladvertisement
0 comments:
Post a Comment