हवाई आक्रमण दश बालबालिका मारिए

उत्तरी यमनमा विद्रोहीको बलियो प्रभाव रहेको प्रान्तमा अवस्थित एक विद्यालयमा भएको साउदी अरेबियाआवद्ध हवाइ आक्रमणमा परी १० बालिबालिका मारिएका डाक्टरस् विदाउट बोर्डर्स् ९एमएसएफ०ले आइतबार जानकारी दिएको छ ।सआदा प्रांन्तको हाइदान इलाकामा अवस्थित कुरान सम्बन्धित अध्यापन गराइने विद्यालयमा भएको सो हवाई आक्रमणमा परेका १५ वर्षभन्दा मुनिका १० मृतक र २८ घाइते बालबालिका फेला परेका एमएसएफका प्रवक्ता मलाक साहेरले बताएका छन् ।
सो आक्रमण शनिबार भएको पनि साहेरले थप जानकारी दिएका छन् । एमएसएफले ती शवहरु र घाइते बालबालिका विद्यालदे खिनजिकै रहेको एक अस्पतालाबाट बुझिलिएको र त्यसपछि ती बालबालिकाको शव र घाइतेलाई सार्वजनिक अस्पतालमा सारिएको साहेरले एएफपी समाचार समितिलाई बताएका छन् ।
इरानको समर्थन रहेको हुथी विद्रोही समूहले कम्बलमा राखिएको रगतले लतपतिएका मृतक बालबालिकाहरुका तस्वीरहरु फेसबुकमा राखेका छन । जोमाआ बिन फादेल विद्यालयमा बालबालिका लक्षित यो आक्रमण अत्यन्त घृणित भएको हुथी समूहका प्रवक्ता मोहमद अब्दुलसलामले बताएको छ ।
संयुक्त राष्ट्र सङ्घीीय बालबालिका निकाय युनिसेफले यस आक्रमणको पुष्टि गर्दै आगामी दिनमा यस्ता आक्रमणहरु हुन नदिन चेताावनीसमेत दिएको छ । यमनमा युद्धरत पार्टीहरुलाई युनिसेफले अन्तर्राष्ट्रिय कानूनभित्र रहि यसका दायित्वलाई सम्मान गनसमेत आग्रह गरेको छ ।
गत वर्षको मार्च महिनाबाट यमनमा जारी साउदी अरेबियाआवद्ध हवाई आक्रमण हवाई आक्रमणमा परी छ हजार चार सय व्यक्तिको मृत्यु भई सकेको र यसमा ठूलो सङ्ख्यामा बालिबालिका रहेका संयुक्त राष्ट्र सङ्घीले बताएको छ । 
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment