![]() |
श्रावण २९, २०७३- विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको खेलमा नेदरल्यान्डसले नेपालसँगको खेलमा सहज जित हात पारेको छ । नेदरल्यान्डसले ९५ रनको लक्ष्य १६ ओभर ५ बलमा पूरा गरेर ७ विकेटले विजयी भएको हो ।
टस हारेर पहिलो ब्याटिङ गरेको नेपालका ब्याट्सम्यानहरुको खराब प्रदर्शनका कारण ९४ रन मात्र जोड्न सफल भयो । निर्धारित ५० ओभरको खेलमा ३८ ओभर १ बलमा नेपालले आफ्नो सबै विकेट गुमाएको थियो ।
...................................
विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको खेलमा नेपालले नेदरल्यान्डसलाई ९५ रनको झिनो लक्ष्य दिएको छ ।
टस हारेर पहिलो ब्याटिङमा उत्रिएको नेपाल निर्धारित ५० ओभरको खेलमा ३८ ओभर १ बलमै आफ्नो सबै विकेट गुमाएको थियो ।

नेपाल र नेदरल्यान्ड्सबीचको खेल सुरु
विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र नेदरल्यान्ड्सबीचको खेल सुरु भएको छ ।
नेपालले टस हारेपछि पहिलो ब्यटिङ गर्न मैदानमा उत्रिएको छ ।
नेदरल्यान्ड्सविरुद्ध दुई खेलका लागि युरोपेली भूमिमा उत्रिँदा नेपाली क्रिकेटको फेरि कठिन परीक्षा हुनेछ । स्थानीय वातावरणमा घुलमिल हुन संघर्ष गरिरहेको नेपालले सोमबार पनि नेदरल्यान्ड्ससँग च्याम्पियनसिपको खेलमा प्रतिस्पर्धा गर्दैछ ।
बिहीबार मात्र नेदरल्यान्ड्स ‘ए’ सँगको अभ्यास खेलमा ८८ रनमै अलआउट भएकाले नेपालका लागि डच भ्रमण सजिलो नहुने देखिइसकेको छ । त्यसमा नेदरल्यान्ड्स ८ राष्ट्र सहभागी च्याम्पियनसिपको शीर्षस्थानमा छ । स्कटल्यान्ड र पपुवा न्युगिनीसँगको पहिलो चार खेलमा पराजित नेपाल पछिल्लो पटक काठमाडौंमा नामिबियालाई हराउँदै छैटौं स्थानमा पुगेको छ ।

0 comments:
Post a Comment