![]() |
श्रावण २७, २०७३- बढ्दो मानव ओसारपसार तथा वेचविखन नियन्त्रण गर्नका लागि नेपाल र भारत वीच व्यापक सूचना आदानप्रदानका साथै सघन सहकार्यको आवश्यकता रहेको सरोकारवालाहरुले वताएका छन् ।
नेपाल—भारत विपी कोइराला फाउन्डेसनको सहयोगमा माइती इन्डिया नामक संस्थाले मानव ओसार प्रसार तथा वेचविखनको विषयमा आयोजना गरेको एक दिने गोष्ठीमा वोल्दै सरोकारवाला निकायका प्रतिनिधिले दुई देशको सिमानामा अझै राम्रो समन्वय हुन नसकेको वताएका छन् । उनीहरुले मानव ओसापसार नियन्त्रणका लागि सूचना आदानप्रदान महत्वूर्ण रहेको वताए ।
भारतीय सिमा सुरक्षा वलका आइजी रेनुका मिश्रले खुला सिमानका कारण मानव तथा चेलीवेटी ओसार पसारमा समस्या देखिएको भन्दै दुई देशको वीचमा अझ वढी समन्वय हुनुपर्ने वताइन् । उनले यस कार्यका लागि नेपालमा खास एउटा निकाय नहुँदा आफूहरुलाई काम गर्न त्यति सहज नभएको समेत वताइन् । उनले अवैद्य मानव ओसारपसार नियन्त्रण गर्नका लागि दुई देशको वीचमा एक समझदारी पत्रमा हस्ताक्षर गर्न सकिने समेत वताइन् । उनले भारतको सिमा सुरक्षा वल र नेपालको सुरक्षा निकायको विचमा त्यस्तो समझारी हुन सक्ने वताइन् ।

उनले भारतले हालै वंगालदेशसंग यस विषयमा सम्झौता गरेको भन्दै नेपालसंग पनि त्यस्तो सम्झौता हुन सक्ने जानकारी दिएकी हुन् । उनीहरुले नेपाली पक्षले जति प्रभावकारी रुपमा सूचना दिन्छ त्यति नै राम्रो गतिमा काम गर्न सकिने समेत वताइन् ।
चेलीवेटी वेचविखन कार्यालमा लामो समयदेखि कार्यरत एवीसी नेपालकी अध्यक्ष दुर्खा घिमिरेले विगतमा भन्दा अहिले मानव ओसारपसारको शैली वदलिएको भन्दै त्यसै ढंगले समस्यालाई समाधान गर्नुपर्ने वताइन् । उनले पछिल्लो समयमा नेपाली चेलीलाई वच्चालाई दुध खुवाउन, घेरलु कामदारको रुपमा राखेर यौन शोषण गर्ने तथा कन्सल्टेन्सी कम्पनीहरु समेत ओसारपसारमा लागेको वताइन् । उनले परम्परागत रुपमा यौन कार्यका लागि मानव ओसारपसार हुने गरेकोमा अहिले त्यो परिवर्तन भएको भन्दै नियन्त्रण गर्न त्यही किसिमको तयारी हुनुपर्ने वताइन् ।
महिला, वालवालिका तथा समाज कल्याण मन्त्रालयका डाक्टर किरण रुपाखेतीले यस विषयमा आधिाकारिक डाटाको अभावको कारणले काम गर्न गाहो भएको वताए । उनले यस विषयमा नेपाल र भारतमा वीचमा दुईपक्षीय सम्झौताको आवश्यकता रहेको वताउँदै भारतमा उद्धार गरिएकालाई सहज रुपमा नेपाल फर्काउन पनि दुई देशको विचमा एमओयु हुनुपर्ने वताए ।
उनले भारतले आफ्ना अन्तर्राष्ट्रिय विमानस्थलहरुलाई नेपाली नागरिकलाई वैद्य र पर्याप्त कागजात विना नेपालीलाई अन्य मुलुक उड्न नदिन निर्देशन दिनुपर्ने वताए । नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष वालकृष्ण पाण्डेले मानव ओसारपसार तथा वेचविखनको समस्या झन भयावह भएको भन्दै तत्काल नियन्त्रण गर्नुपर्ने वताए । भारतस्थित नेपाली दूतावासका कार्यवाहक राजदुत कृष्णप्रसाद ढकालले राजदुतावासले यो समस्यालाई गम्भिर रुपमा लिएको भन्दै जस्तोसुकै सहयोग गर्न तयार रहेको र गरिरहेको वताए ।

0 comments:
Post a Comment