गर्भवती पत्नी दाम्लोले बाँधेर पति बेपत्ता

श्रावण २७, २०७३- आर्थिक अभावमा उपचार हुन नसकेपछि उदयपुरको त्रियुगा नगरपालिका ५ भातिर्खकबी एक गर्भवतीको बिजोग छ । मानसिक सन्तुलन ठिक नभएकी २२ बर्षीया सृजना कार्की (खड्का) ६ महिनायता घरमै दाम्लोमा बाँधिएकी छन् ।
जंगलनजिकैको थोरै ऐलानी जग्गामा बनाइएको झुप्रो घरमा उनी बस्छिन् । मक्किएका बाँसका भाटाले घेराबेरा गरिएको घरबाहिर पुरानो खाटमा राखेर दुवै हात बाँसको टाटीमा बाँधेर उनलाई राखिएको छ । गर्भवती अवस्थामा नियमित स्याहार, सुसार र पोषिलो खानपीनको व्यावस्था गर्नुपर्ने उनका श्रीमान मनोजकुमार खड्का पत्नीलाई दाम्लोमा बाँधेर बेपत्ता छन् ।
श्रीमानले छाडेर हिडेपछि उनी ६ महिनादेखि दाम्लोमा बाँधिएरै बसेकी छन् । ‘उपचार पाए ठिक हुन्थ्यो होला’ स्थानीय केदार गुरागाईले भने, ‘तर कसले उपचार गरिदिने ।’ श्रीमान् बेपत्ता भएको अनि खर्च गरेर उपचार गरिदिने कोही नभएपछि उनको बिजोग भएको गुरागाईंले बताए ।
‘गर्भवती भएको दुई महिनायता छोराले बुहारी छाडेर हिड्यो’ ससुरा भिमबहादुर खड्काले भने, ‘छोरा कहाँ गयो पत्तो छैन ।’
छोरोले छाडेपछि बिरामी बुहारीको आफूहरुले जसोतसो स्याहार गरिरहेको उनले बताए ।
सृजनाको माइती सिन्धुलीको लदाभीर गाविस हो । उनको २०७० फागुनमा विवाह भएको थियो । तर सृजना बिरामी भएयता माइती पक्षले समेत वास्ता नगरेको भीमबहादुरले वताए ।
सृजना विवाह गरेर ल्याउदा साधारण अवस्थाकै थिइन । विवाहपछि मानसिक सन्तुलन गुमाएको ससुरा भीमबहादुरले वताए । २०७१ जेठमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुर गएर जाँच गराइएको थियो ।
नियमित चिकित्सकको निगरानीमा औषधी सेवन गर्न भने पनि आर्थिक अभाव भएकाले पुन: पाटन लैजान नसकेको भीमबहाुरले बताए ।
आर्थिक अवस्था कमजोर भएका खड्का छोरा र पैसा दुवै नहुँदा समस्यामा छन् । बिहान बेलुकाको छान टार्न समस्या झेलिरहेका खड्का कसरी बुहारीको उपचार गर्ने भन्ने चिन्ताले समस्या परेको बताउछन ।
मानसिक सन्तुल गुमाएकी सृजनाको खुट्टामा समेत घाउ भएर पाकेको छ । उपचार गर्ने रकम अभावमा झटपटिएको भीमबहादुरले बताए ।

SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment