![]() |
उनले लगनखेलस्थित सैनिक शारीरिक तथा खेलकुद तालिम केन्द्रमा प्रशिक्षण गरेकी हुन् । उनी एक महिनायता बिहान र दिउँसो गरी दैनिक ६ घन्टा प्रशिक्षणमा व्यस्त हुन्थिन् । उनलाई ओलम्पियन संगीना वैद्यले प्रशिक्षण दिँदै आएकी छिन् ।
छनोटमा असफल भएपनि उनले ‘वाइल्ड कार्ड’मार्फत् ओलम्पिक खेल्ने अवसर पाएकी हुन् । उनले हेभिवेट (६७ केजीमाथि) को स्पर्धामा प्रतिस्पर्धा गर्नेछिन् ।
यसमा १६ खेलाडी सहभागी भएको र त्यसमध्ये वाइल्ड कार्ड पाउने निशा एक्ली रहेको प्रशिक्ष वैद्यले बताइन् । यी गुरु-चेली शुक्रबार ब्राजिल प्रस्थान गर्नेछन् । उनीहरुलाई राष्ट्रिय खेलाडीहरुले लगनखेलमा बिहीबार बिदाई गरे ।![]() |

0 comments:
Post a Comment