![]() |
श्रावण ३१, २०७३- राप्ती नदीले कटान गर्दै गरेको धान खेतमा भेटिए हिसारत अली बेहना । कटानको पीडाले छटपटिएका ५ वर्षीय उनी लौरो टेक्दै खेतमै पुगेका रहेछन् । रोपिएको धानसहित खेत बगिरहँदा उनले मन थाम्न सकिरहेका थिएनन् । ‘यही खेतमा ८०/९० क्विन्टल धान फल्थ्यो । हिउँदमा गहुँ, मसुरो, तोरी प्रशस्त उत्पादन हुन्थ्यो,’ मटेहिया ६ का बेहना केही बेर घोरिए, ‘ती दिन अब सपनाजस्तै हुने भए । दुवै सिजनमा बाली हुने खेत कि मरुभूमि बनेका छन् कि नदी बगिरहेको छ ।’
दशक अघिसम्म त्यस क्षेत्रलाई अन्नको भण्डार मानिन्थ्यो । बेहना पनि यहाँका राम्रै किसानमा गनिन्थे । तर, उनको अढाई बिघा जग्गा कटान भएर नदीको भँगालोमा परेको छ । ‘बचेको जग्गामा धान रोपेका थियौं, त्यो पनि कटान हुँदै छ । जग्गाका मालिक भनाउने हामी भोकभोकै पर्ने अवस्था आयो,’ उनले भने, ‘केही बाँकी रहेन, अन्नको भण्डार मानिने हाम्रा खेत बगर बने ।’
मटेहियाकै बुकरे पासी, हसन बेहना, भुलन बेहना र अतिरजा बेहनालगायतका सयौं किसानको अवस्था त्यस्तै छ । राप्ती नदीले उनीहरूको पुरानो दैनिकीमा आकाशजमिनको अन्तर ल्याइदिएको छ । यहाँका किसान जग्गाका मालिकबाट भूमिहीन बनेका छन् । फत्तेपुरदेखि मटेहियासम्मका सयौं बिघा डुबान, कटान र पटानमा पर्दै आएका छन् । ‘दुई बिघा जग्गामा खेती गर्दा अन्न प्रशस्त हुन्थ्यो, केही बिक्री गथ्र्यौं । अब मजदुरी गर्ने दिन आए,’ उनले भने, ‘१० वर्षअघि नदी पश्चिमतर्फबाट बग्दासम्म ठिकै थियो । हाल गाउँमै आइसक्यो । गाउँले घर खेतविहीन हुने क्रम बढ्दो छ ।’
फत्तेपुरदेखि मटेहिया, कटकुइँयासम्म पूर्वतर्फको र होलियाको पश्चिमतर्फको दायाँबायाँका खेतीयोग्य जग्गा कटानमा परेका हुन् । त्यस्तै फत्तेपुर र सिधन्वादेखि उत्तरतर्फको सयौं बिघा खेती जग्गा बगरमा परिणत भइसकेका छन् । भारतीय पक्षले राप्ती नदीमा एकतर्फी रूपमा लक्ष्मणपुर बाँध र कलकलवा तटबन्ध निर्माण गरेपछि कटान, पटानको समस्या बढेको हो ।
डेढ दशकअघि सीमामा निर्माण गरिएको भारतीय तटबन्धका कारण करिब २५ किलोमिटर लम्बाइ र तीन किलोमिटर पूर्वपश्चिमको बीचमा पर्ने सबै खेतीयोग्य जग्गा बगरमा परिणत भएको स्थानीयले बताए । ‘नदी बस्ती र खेततिर सर्दै बर्सेनि जग्गा कटान गरिरहेको छ र सयौं बिघा खेत नदीमा मिसिएको छ,’ राप्तीपीडित भुलनले भने, ‘खेती गरेर सबैथोक पुग्थ्यो, अब परिवार पाल्न मुस्किल भो ।’
१६ वर्ष भयो, रोकिएन
२५ किमि लम्बाइ र ३ किमि चौडाइ क्षेत्रफललाई हेक्टरमा रूपान्तरण गर्ने हो भने ७ हजार ५ सय हेक्टर जग्गा बगरमा परिणत भएको प्राविधिकहरूको भनाइ छ । डेढ दशकयता बाँकेको तटीय क्षेत्रको त्यति धेरै जग्गा कटान र डुबानमा पर्दै आएको छ । जिल्ला कृषि विकास कार्यालय, बाँकेका अनुसार राप्ती नदीका कारण तटीय क्षेत्रका किसान भूमिहीन बन्दै गएका छन् । केही दिनअघि आएको बाढीले १ हजार १ सय २९ हेक्टर जग्गामा लगाइएको धान, रहर, बदामलगायत खेतीमा क्षति पुगेको छ । राप्ती आसपास रोपाइँसहित कटानमा परेका छन् ।
‘कटानले राप्ती आसपास खेतीयोग्य जमिन खुम्चिँदै गएको छ । खेती गर्न नपाएकै कारण किसानको आर्थिक अवस्था कमजोर हुँदै गएको छ,’ जिल्ला कृषि कार्यालयका सूचना अधिकारी धनबहादुर पुनले भने, ‘हरेक वर्ष राप्ती नदीले खेतीयोग्य जग्गा कटान गर्दा धेरै किसान समस्यामा पर्दै आएका छन् ।’ २०७२ मा आएको बाढीले ४ हजार ५ सय ४१ हेक्टरमा लगाइएको बाली कटान र डुबानमा परेको उनले बताए ।
बाँकेमा एक हेक्टर (डेढ बिघा जग्गा) मा २.६ मेट्रिक टन धान उत्पादन हुने जिल्ला कृषि कार्यालयले जनाएको छ । कटान नभएको भए हरेक वर्ष उक्त जग्गामा झन्डै दुई लाख मेट्रिक टन उत्पादन हुन्थ्यो ।
तर, बालुवाले खेत पुरिएपछि खेती हुन छाडेको बाढीपीडितले बताए । कटान भई नदी बगिरहेको जग्गामा उत्पादन हुने कुरै भएन । यो वर्षको बाढीले खेतहरू बालुवाले भरिएका छन् । ‘एक त त्यसै उत्पादन कम हुन्थ्यो । बालुवाले पुरिएपछि हुने कुरै भएन,’ फत्तेपुर झगडियाका दुर्गा पाण्डेले भने, ‘बालुवाले पुरिन बाँकी रहेको एक बिघा जग्गामा मुस्किलले १० क्विन्टल धान उत्पादन हुन छोडेको छ ।’
खेतीयोग्य जमिन कम हुँदै गएपछि त्यस क्षेत्रलाई खाद्य संकट क्षेत्रका रूपमा घोषणा गर्न सर्वसाधारणले माग गरेका छन् । ‘सरकारले कि कटान समस्या समाधान गरोस्, होइन भने खाद्य संकट क्षेत्रका रूपमा घोषणा गरियोस्,’ स्थानीय अगुवा सौकत अलीले भने । बाँकेको पूर्वी दक्षिणमा पर्ने मटेहिया, सोनवर्षा, गंगापुरका स्थानीयको करिब १० हजार बिघाभन्दा बढी जग्गा राप्ती नदीले कटान गरेको स्थानीयको अनुमान छ । होलियाको रघुनाथपुर, सिम्राना र छिटैपुरवाका जग्गाधनी भूमिहीन बनेका हुन् । कटानकै कारण ती गाउँ पूर्ण रूपमा विस्थापित भइसकेका छन् ।
होलिया क्षेत्रका करिब २ हजार बिघा जग्गा कटानमा परेको स्थानीयको भनाइ छ । राप्ती नदीले कटान गरेको जग्गाको यकिन तथ्यांक सरकारी निकायसँग छैन । नियन्त्रणका लागि दायाँबायाँ पक्की तटबन्धको माग उठ्दै आएको छ । भारतीय पक्षले लक्ष्मणपुर बाँधदेखि सिधन्वासम्म दुवैतर्फ पक्की तटबन्ध गरिदिने आश्वासन दिँदै आएको छ ।
राप्तीको कटानका कारण सयौं जग्गाधनी भूमिहीन बन्न बाध्य भएका छन् । किनारा आसपासका रघुनाथपुर, सिम्राना र छिटैपुरवाका जग्गाधनी भूमिहीन बनेका छन् । ती गाउँ विस्थापित भइसकेका छन् । पिप्रहवा, टेपरी, घोडियनपुरवा, खडैचा, कनैपुरवा गाउँ
विस्थापित हुने अवस्थामा पुगेको छ । त्यहाँका किसानको सयौं बिघा जग्गा नदीले बगाएर लगिसकेको छ ।
पहिलेका जग्गाधनी मजदुरी गरेर जीवन निर्वाह गरिरहेका छन् । नदी कटानले भूमिहीन बनेका स्थानीय रामसुन्दर बाहुनले दैनिक जीवन निर्वाहको समस्या झेल्नुपरेको गुनासो गरे । उनले आफ्नो नाममा रहेको तीन बिघा खेतीयोग्य जमिन नदीले बगाएको बताए । ‘जग्गाजमिन हुँदा परिवार पाल्न समस्या थिएन, अहिले मजदुरी गरेर बाँच्नुपरेको छ,’ उनले भने ।

नदीले पीडित अधिकांश दैनिक भारतीय बजारमा मजदुरी गर्न जाने गरेका छन् । उनीहरूले जेनतेन परिवार पालिरहेको बताए । बालबालिकालाई विद्यालय नपठाई मजदुरीमा लगाउने गरेका छन् । नदी किनारामै रहेको डेढ बिघा जग्गा नदीले कटान गरेपछि बलिराम लोनियाको परिवारले पनि मजदुरी गरेरै गुजारा चलाएको छ ।
स्थानीय प्रशासनले नदी कटान पीडितलाई सुरक्षित स्थानमा पुन:स्थापना गर्दै आएको छ । तर, पुन:स्थापना गरिएका परिवारलाई भने खेतीयोग्य जग्गा उपलब्ध गराउन सकेको छैन । मटेहियाकै दुर्गाप्रसाद मौर्यले १० बिघा जग्गा नदीले कटान गरेको बताए । नदी कटानका कारण पूर्वी दक्षिण क्षेत्रका बासिन्दाको उठिबास भएको छ । ‘खेती गर्ने जग्गामा नदी बगेको छ । पेट पाल्न केही त गर्नै पर्यो । महिला र बुढाबुढी यतै मजदुरी गर्छौं । उमेर पुगेका छोरालाई भारत पठाउँछौं,’ स्थानीय इकार खाँले भने ।

0 comments:
Post a Comment