यी मन्त्रीले बनाए माओवादीमा नयाँ रेकर्ड



नेकपा माओवादी केन्द्रका एक मन्त्रीले पार्टीको तर्फबाट नयाँ रेकर्ड बनाएका छन् ।


उनले माओवादी सरकारमा सहभागी हुँदा अहिलेसम्म कसैले नगरेको काम गरेर नयाँ रेकर्ड बनाएका हुन् ।

हालसम्म सरकारमा सहभागी हुने माओवादीका कुनै पनि प्रधानमन्त्री र मन्त्रीले शपथ ग्रहण ग्रहण गर्दा दौरासुरुवाल लगाएका थिएनन् । तर, आइतबार सूचना तथा संचारमन्त्री राम कार्कीले राष्ट्रपति समक्ष पद तथा गोपनियताको शपथ खाँदा दौरासुरुवालमा देखिए ।


पहिलो पटक मन्त्री बनेका कार्की दौरासुरुवालसँगै ढाकाको इस्कोट र टोपी मा सजिएका थिए । माओवादी शान्ति प्रक्रियामा आएदेखि हालसम्म छैठौँ पटक सरकारमा सहभागी हुँदासम्म कुनै पनि तीनपटक सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री र अन्य कुनै मन्त्रीले दौरासुरुवाल लगाएका थिएनन् ।
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment