रेडियो धादिङको भवन भत्काउने कार्यको भर्त्सना

श्रावण ३०, २०७३- सञ्चारसँग सम्बन्धीत संघ संस्थाहरुले रेडियो धादिङको भवन भत्काउने कार्यको भर्त्सना गरेका छन् ।
सामुदायिक रेडियोहरुको विश्व संगठन (अमार्क), सामुदायिक रेडियो प्रसारक संघ, नेपाल पत्रकार महासंघ र ब्रोडकास्टिङ एसोसिएसन अफ नेपालले सामुदायिक सञ्चारमाथि जिल्ला वन कार्यालय धादिङको अगुवाइमा प्रशारण अवरोध गरेको भन्दै भर्त्सना गरिएको छ ।
‘समुदायको सूचना पाउने हक र अभिव्यक्ति स्वतन्त्रताको लागि अहोरात्र क्रियाशिल सामुदायिक सञ्चार माध्ययममाथिको राज्यको प्रहार नागरिकलाई सूचनाको हकबाट रोक्ने निकृष्ट कार्यमात्र नभई वर्तमान लोकतान्त्रिक व्यवस्था माथिकै गम्भीर प्रहार हो,’ विज्ञप्तीमा भनिएको छ, ‘समुदायको सूचनाको हक र अभिव्यक्ति स्वतन्त्रताको यात्रामा सामुदायिक रेडियोले खेलेको भूमिकालाई नजरअन्दाज गर्दै आतंक सिर्जना गर्ने शैलीमा राज्यनै सञ्चारमध्ययको विरुद्धमा प्रत्यक्ष उत्रनु मानव अधिकार, लोकतन्त्र, सामाजिक न्याय र संविधानमा समेत उल्लेख गरिएको सूचनाको हक र अभिव्यक्ति स्वतन्त्रताको समेत ठाडो उल्लंघन हो ।’
 
विज्ञप्तीमा पक्राउ परेका रेडियोका सञ्चालक ठाकुर बुर्लाकोटी र हरि थापालाई तत्काल रिहा गर्न माग गरिएको छ ।

SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment