यसरी खुलाए सेना, प्रहरी र स्थानीयले मनाङको तिमाङ-थाञ्चोक बाटो

श्रावण २८, २०७३- चार दिनयता अवरुद्ध मनाङको तिमाङ-थाञ्चोक बाटो नेपाली सेना, प्रहरी र स्थानीयले खुलाएको छ ।
थानचोकमा रहेको घट्टेखोलामा सोमबार आएको पहिरोले तिमाङदेखि सदरमुकाम चामे जाने गोरेटो र सडक बाटो अवरुद्ध भएको थियो । यो बाटो चक्रीय अन्नपूर्ण पदमार्गमा पर्छ ।
जिल्ला प्रशासन कार्यालयको समन्वयमा नेपाली सेनाको केवलजंग गुल्मबाट खटिएका सेना, जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी र स्थानीयले बाटो खुलाएको प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एम.सी.ले बताए ।
 
उनका अनुसार बाटो अवरुद्ध हुँदा स्थानीय साथै चक्रीय अन्नपूर्ण पदमार्गमा आउने पर्यटक आवतजावत रोकिएको थियो । सेना र प्रहरीको अथक प्रयासले बाटो खुलाउन सफल भएको उनले बताए । डीएसपी जगन्नाथ गौतमका अनुसार बाटो खुलाउन बुधबार र बिहीबार २ दिन लाग्यो । सडकमा बाढीले थुपारेको ढुंगामाटो, रुख हटाएर ग्याबिन पर्खाल लगाइएको छ ।
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment