![]() |
श्रावण २९, २०७३- राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधान जारी गर्न अवरोध पुर्याउन खोज्ने शक्तिको आडमा पुष्पकमल दाहालको नेतृत्वमा सरकार वनेकाले संविधान कार्यान्वयन हुन्छ भनेर विश्वास गर्न नसकिने बताए ।
संविधान जारी गर्न रोक्न खोज्ने शक्तिले माओवादी केन्द र नेपाली काग्रेसलाई मतियार वनाएर नेपाली जनताले जारी गरेको संविधानलाई तुहाउन खोजेको आरोप उनले लगाए । राप्रपा नेपाल मकवानपुरका अगुवा कार्यकर्ताहरुको हेटौंडामा शनिबार भएको भेलामा बोल्दै अध्यक्ष थापाले राजनीतिक दलहरुबीच असमझदारी र राजनीतिक अस्थिरता पैदा गरेर संविधान जारी गर्न नदिन खोज्ने शक्तिहरु अहिले मुलुकमा चलखेल गरिरहेको बताए । दलहरुबीच कटुता पैदा गराएर संविधान संशोधन हुन नसक्ने विचार व्यक्त गर्दै उनले आक्रोशित हुँदै भने,‘सरकारले कहाँ, कोसँग सहमति गरेर ल्याप्चे लाउँछ त्यहाँ प्रतिपक्षी दलहरुले हस्ताक्षर गर्नु पर्छ भन्ने बाध्यता छैन ।’
दलहरुबीच झांगिदै गएको असमझदारीको अवस्थामा संविधान संशोधन हुन नसक्ने उनको तर्क थियो । ‘दलहरुबीच सहमति भए मात्रै संविधान संशोधन हुन्छ,’ उनले भने, ‘अहिलेको सरकारले दलहरुबीच सहमतिको वातावरण धमिल्याएको छ ।’ दलहरुबीच तिक्तता पैदा भइरहेको छ । नेकपा एमाले र राप्रपा नेपाललाई बाहिर राखेर अहिलेको सरकारले कसरी दुई तिहाइ बहुमत पुर्याउन सक्छ उनले तर्क थियो । ‘सरकार संविधान कार्यान्वयन गर्न गम्भिर नभएको आरोप लगाउदै’ पूर्वउपप्रधान मन्त्री थापाले भने, ‘स्थानीय तह, प्रदेश र संसदको निर्वाचन २०७४ माघसम्म गरिसक्नु पर्ने छ तर निर्वाचनतर्फ सरकारको ध्यान नै छैन ।’ सरकार सवैधानिक रिक्तता पैदा गराएर मुलुकलाई गम्भिर भड्खालामा हाल्ने षडयन्त्रको तानावाना वुनिरहेको आरोपसमेत लगाए ।

आफूहरुका लागि सत्ता र कुर्सी ठूलो विषय नभएको वताउँदै थापाले कार्यकर्ता माझ राजनीतिक नैतिकताका आधारमा अहिलेको सरकारमा सहभागी नभएको जिकिर गरेका थिए । प्रचण्डले आफूलाई अहिलेको हैसियतमा सरकारमा सहभागी हुन आग्रहसमेत गरेको वताएका थिए ।
‘संविधान नआओस् भन्ने चाहाना राख्ने शक्तिले ओलीको सरकार विस्थापित गरेर प्रचण्ड नेतृत्वको सरकार गठन गरेको आरोप लगाउँदै,’ उनले भने, ‘संविधानलाई असफल बनाउने ‘ग्राण्ड डिजाइन’ मा यो सरकार गठन भएको हो।’ पार्टी एकताका बारेमा बोल्दै अध्यक्ष थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा सहभागी हुने निर्णय गरेकाले पार्टी एकता विथोलिएको बताए ।
![]() |

0 comments:
Post a Comment