![]() |
त्यसअघि नेपाल र नेदरल्यान्ड दुईपटक आमने–सामने भएका छन् । जसको नतिजा दुवैका पक्षमा समान एक÷एक छ ।
सन् २०१४ मा न्यूजील्यान्डमा भएको एक दिवसीय क्रिकेट प्रतियोगितामा नेदरल्यान्डले नेपाललाई सात विकेटले पराजित गरेको थियो भने गत वर्ष भएको आइसिसी विश्व क्रिकेट लिग डिभिजन टुमा नेपालले नेदरल्यान्ड माथि दुई विकेटको जित निकालेको थियो ।
जारी लिगमा १२ अङ्क जोडेको नेदरल्यान्डस शीर्ष स्थानमा छ । त्यस्तै चार अङ्क जोडेको नेपाल भने लिगको छैटाँै स्थानमा छ । नेपाललाई विश्वकप खेल्ने आशा कायमै राख्न पनि भोलिको खेल जित्नैपर्ने दबाब छ ।
जारी लिग च्याम्पियनसिपमा रहेका आठ टोलीमध्ये चार शीर्ष टोलीले बङ्गलादेशमा सन् २०१८ मा हुने आइसिसी विश्वकप छनोट खेल्ने अवसर पाउनेछन् । जो विश्वकप खेल्ने अन्तिम खुट्किलो हो । यदि नेपाल शीर्ष चारमा रहन सकेन भने विश्व क्रिकेट लिग डिभिजन–२ मा घटुवा हुनेछ ।
![]() |

0 comments:
Post a Comment