![]() |
श्रावण २९, २०७३- मुगु–कर्णाली अञ्चलकै प्रशिद्ध मुगुको छायाँनाथ तीर्थयात्रा शुरु भएको छ ।
बिहिबार चैन गाउँमाको छायाँनाथ मन्दिरमा रहेको शिवजीको मूर्ती पुजारीका साथ बाजागाजा र सुरक्षाकर्मीसहित डोल्फु गाविसमा रहेको छायाँनाथ मन्दिरमा लगेपछि छायाँनाथ तीर्थयात्रा शुरु भएको हो ।
शिवजीको मूर्ति जनैपूर्णीसम्म छायाँनाथ मन्दिरमा रहने र दर्शनको लागि सेती, भेरी, महाकाली, राप्ती र कर्णाली अञ्चलबाट महिला–पुरुष धामी झाँक्रीसहित तीर्थालुको लर्को लाग्ने गरेको छ ।
जनैपूर्णीमामा छायाँनाथमा ५ दिनसम्म पुजापाठ, होम ब्रत हुने त्यसमा बरदान माग्न १५ जिल्लाबाट तीर्थालुको ओइरा लाग्ने गरेको छायाँनाथ मन्दिरका पुजारी लक्ष्मी प्रसाद चौलागार्इंले बताए ।
विष्णु शक्तिले झिंगा उत्पादन गरी महादेवले बोकेकी सत्यदेविको सम्पूर्ण अंग छायाँनाथमा पतन भएको हुँदा त्यस ठाउँलाई छायाँनाथ तिर्थस्थलका रुपमा पुज्न थालिएको पुजारीको भनाई छ ।

उक्त छायाँनाथ मन्दिरमा जाने तीर्थालुहरुले श्राद्ध, होम, व्रतबन्ध, र आफुले चिताएको वरदान मागेर फिर्ता हुने गरेका छन् । कोही झाँक्री बनेर आउने गरेका छन् भने कोही देवताका घण्टमाला पवित्र बनाउन जाने गरेका छन् ।
समुद्री सतहदेखि करिव ४५ सय मिटर उचाईको हिमरेखामा रहेको छायाँनाथ मन्दिरभन्दा माथि शिब, पार्वती र विष्णुको मूर्ती अंकित गुफा रहेका छन् । छायाँनाथको मूर्ती चोरी नहोस भनेर सुरक्षाकर्मी पनि खटाइएको छ

0 comments:
Post a Comment