कांग्रेस सभापति देउवाको एकलौटी निर्णयको कारण पार्टी कार्यलय सानेपा रणभुमि बन्यो



कांग्रेस पार्टीको भातृ संगठन नेपाल विद्यार्थी संघको ११ औँ महाधिवेशन विवादै विवादले एक हप्ता पछि धकेलिँदा पनि समस्या समाधान हुनको सट्टा झन् यसले उग्र रुप लिएको छ ।


फर्जी प्रतिनिधि विवादकै कारण सानेपास्थित पार्टी कार्यलयमा नेपाल विद्यार्थी संघ र प्रहरीबीच आइतबार दोहोरो झडप भएको छ । त्यस्तै महाधिवेशनको समाचार संकलनका लागि गएका पत्रकारहरुलाई प्रहरीले कांग्रेस कार्यालय सानेपाबाट लखेट्दै कुटपिट गरेको छ।

प्रहरीले पत्रकारमाथि पार्टी कार्यालयबाट चक्रपथसम्म लेखेट्दै आक्रमण गरेको हो । आन्दोलनकारीलाई प्रहीले पिटेको भिडियो तथा फोटो खिचेको भन्दै प्रहीरीले खेदी खेदी पत्रकार माथि नै आक्रमण गरेका हुन्।
प्रहरी आक्रमणमा एभिन्युज टेलिभिनका भिडियो पत्रकार किशोर चौधरी घाइते भएका छन् भने उनको क्यामेरा समेत फूटेको छ । घाइते पत्रकार चौधरीको टाउकोमा चोट लागेका कारण रक्तश्राव भएको छ।



त्यस्तै प्रहरीको लाठी प्रहारले काठमाडौँ टुडेका फोटो पत्रकार चन्द्र बहादुर आलेको क्यामेरा फुटेर पुर्ण रुपमा क्षती भएको छ । प्रहरीले पत्रकारलाई छानी छानी आक्रमण गरेको थियो ।


शनिबार राति सार्वजनिक भएको प्रतिनिधि नामावलीमा सभापतिको देउवाको निर्देशनमा निर्वाचन समितिको एकलौटी निर्णय भएको भन्दै फर्जी मतदाता थपेको आरोपसहित विद्यार्थी नेताले यथास्थितिमा निर्वाचन हुन नसक्ने जनाउँदै विरोध गरेको हो ।
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment